भक्तपुर–१ मा दोब्बर बढी मतान्तरले नेमकिपा सचिव प्रेम सुवाल विजयी
काठमाडौं, मंसिर ः भक्तपुर–१ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सचिव प्रेम सुवाल निर्वाचित भएका छन् ।
सुवालले नेकपा एमालेका नवराज गेलाललाई दोब्बरभन्दा धेरै मतान्तरले पराजित गरेका छन् । सुवालले ४२ हजार ७६१ मत ल्याएका छन् भने एमालेका गेलालले ११ हजार ९६८ मत पाएका छन् । सुवाल र गेलालबीचको मतान्तरमात्रै ३० हजार ७९३ मत छ ।
यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादुर खड्काले ९ हजार ३०३, नेकपा माओवादी केन्द्रका सुनिल गोठेले ५ हजार २८३ मत ल्याएका छन् ।
सुवाल भक्तपुर–१ बाट दोस्रो पटक निर्वाचित भएका हुन् ।
प्रकाशित मिति: १३:२५ बजे, बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समानुपातिकमा प्रतिनिधिसभासहित ६ प्रदेशमा एमाले अगाडि, मधेसमा कांग्रेसमंगलबार, मंसिर २०, २०७९
अन्तिम चरणमा पुग्यो समानुपातिकको मतगणना, कुन दलले कति मत पाए ?मंगलबार, मंसिर २०, २०७९
देशभरबाट संघमा ५ र प्रदेशमा १२ जना स्वतन्त्र उम्मेदवार विजयी (सूचीसहित) मंगलबार, मंसिर २०, २०७९
प्रदेशसभा : प्रत्यक्षतर्फ ४ प्रदेशमा कांग्रेस पहिलो, दुईमा एमाले सोमबार, मंसिर १९, २०७९