रौतहट–१ मा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल विजयी
बिहीबार सम्पन्न मतगणनको अन्तिम नतिजाअनुसार अध्यक्ष नेपाल ६ हजार ६०० मतान्तरले विजयी भएका हुन् ।काठमाडौं, मंसिर ८ : रौतहट क्षेत्रनम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एकीकृृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् । बिहीबार सम्पन्न मतगणनको अन्तिम नतिजाअनुसार अध्यक्ष नेपाल ६ हजार ६०० मतान्तरले विजयी भएका हुन् ।
नेपालले ३३ हजार ५२२ मत ल्याएका छन् भने एमालेका गुप्ताले २६ हजार ९२२ मत पाएका छन् । यहाँ जनमत पार्टीका राजेन्द्रप्रसाद साहले १ हजार ४११, स्वतन्त्र उम्मेदवार राहुलकुमार मिश्रले ४५४, राष्ट्रिय प्रजातन्त्र पार्टीका सरोजकुमारीले ३५३ मत पाएकी छिन् ।
नेपाल ०७४ मा काठमाडौं–२ बाट निर्वाचित भएका थिए । तर एमाले विभाजित भएपछि एकीकृत समाजवादीको अध्यक्ष बनेका नेपाल यसपटक सत्ता गठबन्धनबाट उम्मेदवार थिए ।
प्रकाशित मिति: १३:०५ बजे, बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समानुपातिकमा प्रतिनिधिसभासहित ६ प्रदेशमा एमाले अगाडि, मधेसमा कांग्रेसमंगलबार, मंसिर २०, २०७९
अन्तिम चरणमा पुग्यो समानुपातिकको मतगणना, कुन दलले कति मत पाए ?मंगलबार, मंसिर २०, २०७९
देशभरबाट संघमा ५ र प्रदेशमा १२ जना स्वतन्त्र उम्मेदवार विजयी (सूचीसहित) मंगलबार, मंसिर २०, २०७९
प्रदेशसभा : प्रत्यक्षतर्फ ४ प्रदेशमा कांग्रेस पहिलो, दुईमा एमाले सोमबार, मंसिर १९, २०७९