मकवानपुर–१ मा कडा टक्कर, डिनालाई पछि पार्दै राप्रपाका सिंहको अग्रता
काठमाडौं, मंसिर ७ : मकवानपुर–१ मा मतगणना जारी छ । त्यहाँ मतगणनाको शुरुआतदेखि नै लगातार अग्रता लिँदै आएकी गठबन्धनबाट कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) झिनो मतान्तरले पछि परेकी छन् ।
बिहीबार बिहानसम्मको मतगणनामा राप्रपा उम्मेदवार दिपक बहादुर सिंहले अग्रता लिन थालेका छन् । मकवानपुर–१ मा राप्रपा नेपालका अध्यक्ष कमल थापाले सूर्य चिह्न लिएर उम्मेदवारी दिएका छन् । उनी दुई उम्मेदवारलाई कडा टक्कर दिँदै तेस्रो स्थानमा छन् ।
बिहीबार मध्याह्नसम्मको गणनाबाट राप्रपाका सिंहले २५ हजार ६५ मतसहित अग्रता लिएका छन् । पछि परेका डिनाको मत २४ हजार ३३० रहेको छ । यहाँ कमल थापाले २३ हजार ७१४ मत पाएका छन् ।
मतगणना अन्तिम चरणमा पुगेसँगै तीन उम्मेदवारबीच कडा टक्कर देखिन्छ।
प्रकाशित मिति: १२:२३ बजे, बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समानुपातिकमा प्रतिनिधिसभासहित ६ प्रदेशमा एमाले अगाडि, मधेसमा कांग्रेसमंगलबार, मंसिर २०, २०७९
अन्तिम चरणमा पुग्यो समानुपातिकको मतगणना, कुन दलले कति मत पाए ?मंगलबार, मंसिर २०, २०७९
देशभरबाट संघमा ५ र प्रदेशमा १२ जना स्वतन्त्र उम्मेदवार विजयी (सूचीसहित) मंगलबार, मंसिर २०, २०७९
प्रदेशसभा : प्रत्यक्षतर्फ ४ प्रदेशमा कांग्रेस पहिलो, दुईमा एमाले सोमबार, मंसिर १९, २०७९