दाङ–२ बाट रेखा शर्मा निर्वाचित, एमाले महासचिव शंकर पोखरेल पराजित
काठमाडौं, मंसिर ८ : दाङ क्षेत्रनम्बर २ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा विजयी भएकी छन् ।
गठबन्धनकी साझा उम्मेदवार रहेकी शर्माले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गरेकी हुन् ।
बिहीबार बिहान सम्पन्न मतगणनाको अन्तिम नतिजा अनुसार शर्माले १९६ काे झिनो मतान्तरले पोखरेललाई पराजित गरेकी हुन् ।
माओवादीकी उम्मेदवार शर्माले २६ हजार ८ सय ७७ मत ल्याएकी छन्। यहाँ पोखरेलले २६ हजार ६ सय ८१ मत ल्याए।
रेखा प्रत्यक्षतर्फबाट पहिलो पटक सांसद भएकी हुन्।
प्रकाशित मिति: १०:३९ बजे, बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समानुपातिकमा प्रतिनिधिसभासहित ६ प्रदेशमा एमाले अगाडि, मधेसमा कांग्रेसमंगलबार, मंसिर २०, २०७९
अन्तिम चरणमा पुग्यो समानुपातिकको मतगणना, कुन दलले कति मत पाए ?मंगलबार, मंसिर २०, २०७९
देशभरबाट संघमा ५ र प्रदेशमा १२ जना स्वतन्त्र उम्मेदवार विजयी (सूचीसहित) मंगलबार, मंसिर २०, २०७९
प्रदेशसभा : प्रत्यक्षतर्फ ४ प्रदेशमा कांग्रेस पहिलो, दुईमा एमाले सोमबार, मंसिर १९, २०७९