Kathmandu Press

स्याङजा १ मा कांग्रेसका थापा ३ हजार वढी मतले अगाडि, मतगणनामा ढिलाई

नेपाली कांग्रेस जिल्ला सभापति समेत रहेका थापाले मतगणना शुरु भएयता अग्रता कायम राख्दै वढाउँदै लगेका हुन् ।
स्याङजा १ मा कांग्रेसका थापा ३ हजार वढी मतले अगाडि, मतगणनामा ढिलाई

काठमाडौँ, मंसिर ८ : स्याङ्जा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार राजु थापाले अग्रता बढाउदै लगेका छन् ।नेपाली कांग्रेस जिल्ला सभापति समेत रहेका थापाले मतगणना शुरु भएयता अग्रता कायम राख्दै वढाउँदै लगेका हुन् ।

पछिल्लो परिणाम अनुसार थापाले १८ हजार ७ सय मत पाउँदा एमालेका उम्मेदवार नारायण मरासिनीले १५ हजार ५ सय ६५ मत पाएका छन् । मरासिनी भन्दा थापा ३ हजार १ सय ३५ मतान्तरले अगाडी रहेका छन् ।

Hardik ivf

यस क्षेत्रमा अहिलेसम्म विरुवा गाउँपालिका, हरिनास गाउँपालिका , पुतलीबजार १, २, ७, ८, ९, १०, ११ र वडा नं १२, भिरकोटका १, २, ३  र ४, वालिङका ३ र ४, अर्जुनचौपारीको १, २, ३, ४, र ५  मा मतगणना सकिएको छ ।

अब आधिखोला र फेदीखोलाका गाउँपालिकाका सबै वडा, पुतलीबजार नगरपालिका वडा नं ३, ४, ५, ६, १३, १४ र अर्जुनचौपारी गा.पा. को वडा नं ६ को गणना बाँकी छ । 

४ दिनदेखि (मंसिर ५) जारी मतगणनामा निकै ढिलाई भएको छ । यसरी नै मतगणना हुँदा अझै दिन थप ३ दिनसम्म लाग्ने अनुमान गरिएको छ ।

स्याङ्जामा खसेको कुल मतको ७१ हजार २ सय ७३ मतमध्ये यो समाचार तयार पार्दासम्म करिब ३४ हजार मत मात्र गणना भएको छ । 

 

 

प्रकाशित मिति: ०८:१९ बजे, बिहीबार, मंसिर ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्