भक्तपुर २ मा एमालेका महेश बस्नेत हराउँदै कांग्रेसका दुर्लभ विजयी
सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले २३ हजार ५० मत पाए भने निकटतम प्रतिद्वन्द्वी महेश बस्नेतले २२ हजार २७३ मत पाए ।
काठमाडौं, मंसिर ८ : भक्तपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा विजयी भएका छन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले २३ हजार ५० मत पाए भने निकटतम प्रतिद्वन्द्वी महेश बस्नेतले २२ हजार २७३ मत पाए ।
नेमकिपाकी अनुराधा थापा मगरले ६ हजार ४१२, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ३८२८ र राप्रपाका मोहन केसीले २४५६ मत पाएका छन् ।
प्रकाशित मिति: ०७:३८ बजे, बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











