Kathmandu Press

झापा २ बाट एमालेका देवराज घिमिरे निर्वाचित

झापा २ बाट एमालेका देवराज घिमिरे निर्वाचित

झापा, मंसिर ७ : झापा निर्वाचन क्षेत्र नं २ मा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन।

स्वतन्त्र पदका उम्मेदवार भद्र प्रसाद नेपाललाई पछि पार्दै देवराज घिमिरे प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन्।

स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत नेपाल) लाई २ हजार २ सय ५६ मतान्तरले पराजित गरेका छन।

घिमिरेले २८ हजार ६ सय ९७ मत पाएका छन् भने नेपालले २६ हजार ४ सय ४१ मत पाएका छन।

सत्ता गठबन्धनअन्तर्गत माओवादी केन्द्रका हरि रानाले १३ हजार ९ सय २४ मत मात्र प्राप्त गरे।

प्रकाशित मिति: २०:४७ बजे, बुधबार, मंसिर ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्