मत गणनाकाे अन्तिम नतिजा आउन चार दिन लाग्ने : निर्वाचन आयाेग
काठमाडाैं, मंसिर ७ : प्रदेश र प्रतिनिधिसभाको मत गणनाकाे अन्तिम नतिजा आउन चार दिन लाग्ने निर्वाचन आयाेगले जनाएकाे छ।
विवादकाे कारण स्थगित भएका निर्वाचनकाे मत गणना हुन बाँकी रहेको क्षेत्र बाहेकको मतगणना सोमबार बेलुकासम्म आइसक्ने आयोगका सहायक प्रवक्ता कमल भट्टराईले बताए ।
दोलखा, स्याङजा र बाजुरामा निर्वाचन भएपनि विवादको कारण मत गणना हुन सकेको छैन । उनका अनुसार यी तीन जिल्ला बाहेकको मत गणना ढिलामा सोमबारसम्म सक्छौं। एक पटकमा प्रतिनिधिसभाको प्रत्यक्ष, समानुपातिक, प्रदेशको प्रत्यक्ष र समानुपातिकको मत एकै पटक गणना भइरहेकोले नतिजा केही ढिलाइ भएको हुन सक्ने उनले बताए ।
काठमाडौंको १० वटै निर्वाचन क्षेत्रको गणना सकिएको छ । त्यस्तै बढी मतदाता भएको झापा, मोरङमा पनि अन्तिम चरणमा रहेको उनले बताए । एउटा निर्वाचन क्षेत्रको मत गणना ५ ठाउँसम्म गणना भइरहेको उनले बताए ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको १६५ वटै निर्वाचन क्षेत्रको मतपेटिका मतगणना स्थलमा पुर्याइएको आयोगले जनाएको छ ।