Kathmandu Press

चलचित्र ‘आमा’ को ट्रेलर सार्वजनिक

काठमाडौं, पुस ४ : दीपेन्द्र के खनालद्वारा निर्देशित चलचित्र ‘आमा’को ट्रेलर सार्वजनिक भएको छ। 

चलचित्र ‘आमा&rsquo....

चलचित्र ‘आमा’ को ट्रेलर सार्वजनिक

काठमाडौं, पुस ४ : दीपेन्द्र के खनालद्वारा निर्देशित चलचित्र ‘आमा’को ट्रेलर सार्वजनिक भएको छ। 

चलचित्र ‘आमा’ को ट्रेलर सार्वजनिक भएसँगै खनाल निर्देशित फिल्म कस्तो हुने हो भन्ने कौतुहहता दर्शकसाझ बढेको छ। करिब तीन मिनेट ८८ सेकेण्ड लामो ट्रेलरबाट यस पटक उनले आफू गम्भीर सिनेमा लिएर आएको स्पष्ट संकेत गरेका छन्।

Hardik ivf

यो सिनेमामा अभिनेत्री मिथिला शर्माले शीर्ष भूमिकामा अभिनय गरेकी छन्। सिनेमाको कथा उनकै वरिपरी घुमेको छ।

डिएस डिजिटलको व्यानरमा निर्मित सिनेमामा सुभाष भुसालको संगीत, दीर्घ खड्काको सम्पादन र शर्मिला पाण्डेको लगानी छ। चलचित्र फागुन ९ मा रिलिज हुँदैछ।

प्रकाशित मिति: १८:२६ बजे, शुक्रबार, पुस ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्