सवारी दुर्घटना न्यूनीकरण गर्न योजना बनाएर अघि बढेका छाैं ः मन्त्री नेम्बाङ
काठमाडौं, पुस ४ : भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले सवारी दुर्घटना न्यूनीकरण तथा रोकथाम गर्न योजना बनाएरै अघि बढेको बताएका....

काठमाडौं, पुस ४ : भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले सवारी दुर्घटना न्यूनीकरण तथा रोकथाम गर्न योजना बनाएरै अघि बढेको बताएका छन्।
शुक्रबार संघीय संसद अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा मन्त्री नेम्वाङले गृह मन्त्रलाय, भौतिक मन्त्रालय लगायत सरोकारवाला निकायहरुसँग गहन छलफल गरेर सवारी दुर्घटना न्यूनीकरण र रोकथामका लागि प्रतिवेदन तयार गरिएको बताए।
‘गृह, भौतिक तथा सरोकारवाला निकार्यसँग गहन छलफल गरेर प्रतिवेदन तयार भएको छ। सवारी दुर्घटनाको कारण, अहिलेको अवस्था, विगतको अवस्था र अहिलेको चौमासिकसम्म आईपुग्दाको अवस्थाको समेत प्रतिवेदनमा लेखाजोखा गरिएको छ,’उनले भने।
दुर्घटनाले मानवीय संवेदनशीलतालाई अघि सारेको र नियन्त्रणका लागि सबै लाग्नु पर्ने उल्लेख गर्दै मन्त्री नेम्वाङले दुर्घटनाका धेरै कारणहरु देखिएको र यसलाई न्यूनीकरण गर्ने पनि धेरै उपायहरु रहेको बताए।
‘दुर्घटना रोक्ने दर्जनौँ उपायहरु छन्। ती उपायहरुकोे पनि बुलेटमा पहिचान गरिएको छ यसलाई सरकारले नीतिगत रुपमा के गर्नु पर्दछ अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रुपमा त्यस सम्बन्धी कानूनहरु, नियमावली र विधेयकका रुपमा अघि बढाउने तर्फ मन्त्रालय लागेको छ,’उनले भने।











