सुवासचन्द्र नेम्वाङकाे क्षेत्रमा मतगणना स्थगित

इलाम, मंसिर ७ : इलाम क्षेत्र नम्बर २ एमालेका सुवासचन्द्र नेम्वाङकाे निर्वाचन क्षेत्रमा मतगणना स्थगित भएको छ। नेपाली कांग्रेसका उम्मेदवारले गणना भइसकेको मतपत्रलाई लिएर विवाद उठाएपछि मतगणना स्थगित भएको हो।
उक्त क्षेत्रमा नेम्वाङ र कांग्रेसका डम्बरबहादुर खड्काबीच प्रतिस्पर्धा भइरहेको छ।
कांग्रेस उम्मेदवारले गनिसकेको मतपत्र लापारबाही तरिकाले राखिएको भन्दै असन्तुष्टि जनाउँदा विवाद सिर्जना भएको मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालले बताए।
विवाद भएपछि अहिले सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ।
पछिल्लो मतपरिणाम अनुसार नेम्वाङ अगाडि रहेका छन्। उनले ९ हजार ९८३ मत ल्याउँदा खड्काले ८ हजार ७२५ मत प्राप्त गरेका छन्।
प्रकाशित मिति: १८:०० बजे, बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











