कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टीको क्लिन स्वीप

कैलाली, मंसिर ७ : कैलाली निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा र दुवै प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी निर्वाचित भएका छन् । साथै, दुवै प्रदेशसभामा पनि नागरिक उन्मुक्ति पार्टीको उम्मेदवार विजयी भएका हुन्।
निर्वाचन कार्यालयका अनुसार प्रदेशसभा १ बाट घनश्याम चौधरी र प्रदेशसभा २ बाट खुसीराम चौधरी विजयी भएका हुन्।
धनश्याम चौधरीले १३ हजार नौ सय २३ मत प्राप्त गरेभने भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज डगौरा थारुले ११ हजार पाँच सय ७२ मत प्राप्त गरे।
प्रदेशसभा २ का खुशीराम चौधरीले सात हजार पाँच सय ३९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका अमर साउद ६ हजार छ सय १९ मत प्राप्त गरे।
प्रकाशित मिति: १४:५६ बजे, बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











