गोरखा–१ को प्रदेशसभा (१)मा माओवादीका धिताल विजयी

काठमाडौं, मंसिर ७ : गोरखा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा १ को सदस्यमा नेकपा (माओवादी केन्द्र)का कृष्ण धिताल विजयी भएका छन् ।
आज दिउँसो सम्पन्न मतगणनामा धितालले १५ हजार चार सय ५६ मत प्राप्त गरी विजयी भएको सहायक निर्वाचन अधिकृत गोर्कणराज पन्तले जानकारी दिए। उनी वामलोकतान्त्रिक गठबन्धनतर्फबाट उम्मेदवार थिए।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार सुरेन्द्र थापाले नौ हजार आठ सय २२ मत प्राप्त गरेका छन्।
प्रकाशित मिति: १४:४५ बजे, बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











