Kathmandu Press

काठमाडौँ ६ मा राष्ट्रिय स्वतन्त्रका खनालको अग्रता कायमै

काठमाडौँ ६ मा राष्ट्रिय स्वतन्त्रका खनालको अग्रता कायमै

काठमाडौं, मंसिर ७ : काठमाडौँ निर्वाचन क्षेत्र नंं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले अग्रता कायम राखेका छन् ।

आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा केहीबेर अगाडि ३१ हजार २४ मतगणना हुँदा उनले ११ हजार छ सय ३८ मत प्राप्त गरेकाे निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिए। 

यस्तै दोस्रोमा नेकपा ९एमाले०का उम्मेदवार सर्वेन्द्र खनालले छ हजार नौ सय ६५ मत प्राप्त गरेका छन् भने तेस्रोमा नेपाली कांग्रेसका भीमसेनदास प्रधानले छ हजार सात सय ३७ मत प्राप्त गरेकाे निर्वाचन अधिकृत खनालले बताए। 

उक्त क्षेत्रमा  २४ उम्मेदवार प्रतिस्पर्धामा रहेकामा १३ विभिन्न राजनीतिक दलका र ११ जना स्वतन्त्र उम्मेदवार रहेको उक्त  कार्यालयले जनाएको छ। काठमाडौँको बागबजारदेखि गोँगबु हुँदै काभ्रेस्थलीसम्म फैलिएको उक्त क्षेत्रको ७५ मतदान केन्द्रमा मतदान भएको थियो। 

बैसठ्ठी हजार एक सय दुई मतदाता रहेको सो निर्वाचन क्षेत्रमा ३९ हजार ६६ मत खसेको थियो। 

प्रकाशित मिति: १२:२५ बजे, बुधबार, मंसिर ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्