सर्लाही १ प्रदेशसभा २ मा एकीकृत समाजवादीकी बेची लुंगेली विजयी
उनले एमालेकी शान्ति लामालाई ६ हजार ६९९ मतान्तरले पराजित गरेकी हुन्। लुंगेलीले १३ हजार ६७६ मत प्राप्त गर्दा लामाले ६ हजार ९७७ मत ल्याइन्।
सर्लाही, मंसिर ७ : मधेस प्रदेशसभाअन्तर्गत सर्लाही १ प्रदेशसभा २ मा नेकपा एकीकृत समाजवादीकी बेची लुंगेली विजयी भएकी छन्।
उनले एमालेकी शान्ति लामालाई ६ हजार ६९९ मतान्तरले पराजित गरेकी हुन्। लुंगेलीले १३ हजार ६७६ मत प्राप्त गर्दा लामाले ६ हजार ९७७ मत ल्याइन्।
सो प्रदेशसभा क्षेत्रमा स्वतन्त्र उम्मेदवार राजन श्रेष्ठले ५ हजार ९४५ मत ल्याई तेस्रो स्थान बनाएका छन्।
प्रकाशित मिति: १२:२४ बजे, बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार