पर्सा–४ मा कांग्रेसका रिजाल विजयी, सुर्खेत २ मा कांग्रेसकै थानीले मारे बाजी
कांग्रेसका हृदयराम थानी ५ हजार बढी मतान्तरले विजयी भएका हुन् । कुल खसेको ७६ हजार ३५२ मतमध्ये थानीको पक्षमा ३४ हजार ६२५ खसेको छ ।
काठमाडौं, मंसिर ७ : कर्णाली प्रदेशबाट प्रतिनिधिसभातर्फ सुर्खेत क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसले विजय सुरुवात गरेको छ ।
कांग्रेसका हृदयराम थानी ५ हजार बढी मतान्तरले विजयी भएका हुन् । कुल खसेको ७६ हजार ३५२ मतमध्ये थानीको पक्षमा ३४ हजार ६२५ खसेको छ ।
प्रतिद्वन्द्वी नेकपा एमालेका जिल्ला अध्यक्ष अमृत कुमार विसीलाई ५ हजार ६७ मतान्तरले पराजित गर्दै थानीले ह्याटिक जित निकालेका छन् ।
यस्तै पर्साको निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका नेता रमेश रिजाल निर्वाचित भएका छन् । रिजालको प्रतिस्पर्धा एमालेका जालिय मियाँसँग भएको थियो ।
मियाँलाई उनले ५ हजार ५२३ मतान्तरले पराजित गरेका हुन् । रिजालले ३१ हजार १४२ मत ल्याउँदा एमालेका मियाँले २५ हजार ६१९ मत प्राप्त गरे ।
प्रकाशित मिति: ०८:१८ बजे, बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











