Kathmandu Press

नेपाल प्रहरीका २४ एसपीको सरुवा, चितवनमा गंगा पन्त (सूचीसहित)

काठमाडौं, पुस ४ : प्रहरी प्रधान कार्यालयले २४ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ। 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले श....

नेपाल प्रहरीका २४ एसपीको सरुवा, चितवनमा गंगा पन्त (सूचीसहित)
फाइल

काठमाडौं, पुस ४ : प्रहरी प्रधान कार्यालयले २४ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ। 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शुक्रबार २४ जना एसपीको सुरुवा गरेका हुन्। पुस महिनाको तलब भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी एसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय चितवनमा एसपी गंगा पन्तलाई पठाइएको छ भने त्यहाँ कार्यरत एसपी दानबहादुर मल्ललाई महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय काठमाडौंमा सरुवा गरिएको छ।

यस्तै, कञ्चनपुरमा एसपी मुकुन्द मरासिनी, झापामा कृष्णप्रसाद कोइराला, स्याङ्जामा जनार्दन जिसी, सिन्धुलीमा रन्जु सिग्देल, काभ्रेमा रविकुमार पौडेल, धनुषामा रमेशकुमार बस्नेत, रौतहटमा रविराज खड्का, सर्लाहीमा विश्वमणि पोखरेल र धादिङमा रवीन्द्र रेग्मीलाई पठाइएको छ।

हेर्नुस् सरुवाको सूची :

प्रकाशित मिति: १६:५३ बजे, शुक्रबार, पुस ४, २०७६