गुल्मीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु
घाइतेमध्ये एकजनाको अवस्था गम्भिर रहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ। सत्यवति गाउँपालिका ३ ठूलो लुम्पेकबाट कुटडाँडा जाँदै गरेको लु २ च ५३४० नम्बरको जिप राति साढे २ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ।
काठमाडौं, मंसिर ७ : गुल्मीको सत्यवतीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा चारजना घाइते समेत भएका छन्।
घाइतेमध्ये एकजनाको अवस्था गम्भिर रहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ। सत्यवति गाउँपालिका ३ ठूलो लुम्पेकबाट कुटडाँडा जाँदै गरेको लु २ च ५३४० नम्बरको जिप राति साढे २ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परि मृत्यु हुनेमा जिप धनी सत्यवति ३ कुटडाँडाका ५१ वर्षीय झलक सोमै, सोहि स्थानका ५५ वर्षीय टीका राहाडी, ४७ वर्षीय रनबहादुर सिंजाली, ३० वर्षीय मिलन तरामु र ४३ वर्षीय जमुना सोमै रहेका छन्।
घुम्तिमा जिपको ब्रेक फेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ। जिप सडकबाट २ सय मिटर तल झरेको छ ।
प्रकाशित मिति: ०७:५३ बजे, बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार