काठमाडौंका तीन निर्वाचन क्षेत्रमा रास्वपा विजयी
उनी एमालेका श्यामकुमार घिमिरेलाई पराजित गर्दै निर्वाचित भएका हुन् । पराजुलीले आठहजार ७४३ मत ल्याए । एमालेका घिमिरेले ६ हजार ८०० मत ल्याए । सत्ता गठबन्धनकी मानुषी यमि भट्टराईले ६ हजार ६३ मत ल्याएकी छन् ।काठमाडौं, मंसिर ७ : काठमाडौं क्षेत्र नं २ र काठमाडौं क्षेत्र नं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिजयी भएका छन् । काठमाडौं–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी भएका छन् ।
उनी एमालेका श्यामकुमार घिमिरेलाई पराजित गर्दै निर्वाचित भएका हुन् । पराजुलीले आठहजार ७४३ मत ल्याए । एमालेका घिमिरेले ६ हजार ८०० मत ल्याए । सत्ता गठबन्धनकी मानुषी यमि भट्टराईले ६ हजार ६३ मत ल्याएकी छन् ।
यता, काठमाडौं–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकीकै सोबिता गौतम विजयी भएकी छन् । उनी एमालेका मणिराम फुयाललाई पराजित गर्दै निर्वाचित भएकी हुन् । गौतमले १५ हजार २२९ मतसहित विजयी हुँदा फुयालले ११ हजार ५५५ मत पाए । यस्तै, गठबन्धनकी ओनसरी घर्तीले ९ हजार ७४९ मत पाइन् ।
काठमाडौं क्षेत्र नम्बर ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकै विराजभक्त श्रेष्ठ १० हजार १०५ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मत पाएका छन् ।