काठमाडाैं ५ मा कांग्रेसका प्रदीप पाैडेल निर्वाचित, प्रधानमन्त्री देउवाले दिए बधाई
काठमाडौं ५ मा खसेको ४५ हजार ९८७ मतमध्ये पौडेल १५ हजार २३७ मत ल्याएर विजयी भए।
काठमाडाैं, मंसिर ६ : काठमाडाैं क्षेत्र नं ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पाैडेल निर्वाचित भएका छन।
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै पौडेल पहिलो पटक संसद् पदमा निर्वाचित भएका हुन्।
काठमाडौं ५ मा खसेको ४५ हजार ९८७ मतमध्ये पौडेल १५ हजार २३७ मत ल्याएर विजयी भएका छन। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पोखरेलले १० हजार १७२ मत पाएका छन्।
५ हजार ६५ मत अन्तरले पौडेल विजयी भएका हुन्।
यसअघि एमालेकाे पकड रहेकाे काठमाडाैं ५ मा पाैडेलले फराकिलाे मत अन्तरले पाेखरेललाई पछि पारेका हुन।
पाैडेल विजयी भएसँगै कांग्रेसका सभापति शेरबहादुर देउवाले उनलाइ बधाइ तथा सफल कार्यकालकाे शुभकामना दिइसकेका छन।

प्रकाशित मिति: २१:५१ बजे, मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(86)-1764936079.jpg)
