Kathmandu Press

काठमाडाैं ५ मा कांग्रेसका पाैडेल र एमालेका पाेखरेलबीच फराकिलो मत अन्तर, पाैडेल जिततर्फ अग्रसर

४१६१८ मत गणना हुँदा पाैडेलले १४०५२ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार इश्वर पाैडेलले ९४६२ मत ल्याएका छन्।
काठमाडाैं ५ मा कांग्रेसका पाैडेल र एमालेका पाेखरेलबीच फराकिलो मत अन्तर, पाैडेल जिततर्फ अग्रसर

काठमाडाैं, मंसिर ६ : काठमाडाैं क्षेत्र नं ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पाैडेल जितकाे नजिक पुगेका छन्।

४१६१८ मत गणना हुँदा पाैडेलले १४०५२ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार इश्वर पाैडेलले ९४६२ मत ल्याएका छन्।

३५४९ मत गणना गर्न बाँकी हुँदा पाैडेल र पाेखरेल बीच ४५९० मतकाे अन्तर रहेकाे छ।

यसअघि एमालेकाे पकड रहेकाे काठमाडाैं ५ मा प्रदिप पाैडेलले फराकिलाे मत अन्तरले एमालेलाइ पछि पार्ने भएका छन्।

प्रकाशित मिति: २०:४४ बजे, मंगलबार, मंसिर ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्