रसुवाबाट प्रतिनिधिसभामा कांग्रेसका मोहन आचार्य निर्वाचित
आचार्यले १८ हजार २३५ मत ल्याउँदा तामाङले ८ हजार ६१४ मत पाएका छन्।
रसुवा, मंसिर ६ : रसुवाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित भएका छन् ।
नेकपा एमालेका उम्मेदवार छोवाङ तेन्जिङ तामाङलाई फराकिलो मतान्तरले पराजित गर्दै अाचार्य निर्वाचित भएक हुन।
आचार्यले १८ हजार २३५ मत ल्याउँदा तामाङले ८ हजार ६१४ मत पाए। उनीहरुबीचको मतान्तर ९ हजार ६२१ छ।
२०७४ मा रसुवाबाटै प्रतिनिधिसभा सदस्य निर्वाचित आचार्यकाे दोस्रो पटकको जित हाे।
प्रकाशित मिति: २०:४० बजे, मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(86)-1764936079.jpg)
