सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष राउतको अग्रता कायमै

सप्तरी, मंसिर ६ : सप्तरीको क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतले निरन्तर अग्रता बढाएका छन। पछिल्लो मत परिणामअनुसार उनले १८ हजार चार सय ९४ मत ल्याएका हुन।
गत निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित जसपाका अध्यक्ष उपेन्द्र यादवले नौ हजार दुई सय ३० मत ल्याएका छन। सत्ता गठबन्धनका तर्फबाट लोसपाका जयप्रकाश ठाकुरको तीन हजार सात सय ३६ मत छ।
हालसम्म ३३ हजार नौ सय ४३ मतगणना भएकोमा एक हजार सात सय ४७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय, सप्तरीले जनाएको छ। यस निर्वाचन क्षेत्रमा ६४ हजार पाँच सय ६० मतदान भएको थियो। अब ३० हजार छ सय १७ मत गणना हुन बाँकी रहेको छ।
सप्तरीको प्रदेशसभाको दुवै सदस्यमा जनमत पार्टीका सदस्यले विजयी भएका छन्। प्रदेश २ (१) मा जनमत पार्टीका सतिशकुमार सिंहले १६ हजार सात सय ३४ र प्रदेश २ (२) बाट महेशप्रसाद यादवले १३ हजार तीन सय २५ मत ल्याएका छन्।











