रवि लामिछानेकाे चितवन-२ मा अग्रता कायम

काठमाडाैं, मंसिर ६ : राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानलेले चितवन-२ मा अग्रता कायम राखेका छन्।
लामिछानेले ५ हजार ७९८ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले ४ हजार ३९३ मत प्राप्त गरेका छन्।
यस्तै नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ ३ हजार ८५३ मतसहित तेस्रो स्थानमा छन्।
सुरुवाती मतगणनामा पछि परेका लामिछाने केहिबेरबाट भने निरन्तर अगाडि रहेका छन्।
प्रकाशित मिति: १८:२७ बजे, मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











