यतीका कार्यकारी निर्देशकले उड्डयन प्राधिकरणबाट दिए राजीनामा
काठमाडौं, पुस ४ : यती एयरलाईन्सका ग्रुप एक्जक्युटिभ डाइरेक्टर (ईडी) ले नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) बाट राजीनामा दिएका छन्।
उडड्यन ....
काठमाडौं, पुस ४ : यती एयरलाईन्सका ग्रुप एक्जक्युटिभ डाइरेक्टर (ईडी) ले नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) बाट राजीनामा दिएका छन्।
उडड्यन प्राधिकरण सञ्चाक समिति सदस्य विजयबहादुर श्रेष्ठले पदबाट राजीनामा दिएका हुन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीकाे नेतृत्वमा उडड्यन प्राधिकरण सञ्चाक समिति रहेकाे छ। त्यसमा उनी सदस्य रहेका थिए।
श्रेष्ठ हिमालय एयरलाइन्सको प्रतिनित्व गर्दै गत वर्ष सञ्चालक समिति सदस्य भएका थिए। हिमालय एयरलाइन्समा यती समूहको पनि लगानी रहेको छ।
उनले मंगलबार राजनीनामा दिएको पुष्टि गरे। काठमाडौं प्रेससँगको फोन सम्पर्कमा उनले राजीनामाको विषयमा केही नबोल्ने बताए। ‘राजीनामाभन्दा पनि हामी सबै मिलेर नेपालको एभिएसन क्षेत्रलाई माथि उकास्नेतर्फ सोच्नु पर्छ,’ उनले भने।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राजीनामा दिन लगाएको उड्डयन प्राधिकरण स्रोतले जनाएको छ। केही दिनयता यती एयरलाइन्सबारे समाचार आउन थालेपछि राजीनामा दिन लगाएको प्राधिरकण स्रोतको भनाइ छ।
याे पनि पढ्नुस् : यती एयरलाइन्सका कर्मचारी नै नेपाल ट्रस्टका सञ्चालक






