Kathmandu Press

कांग्रेस केन्द्रीय समिति बैठक पुस १० सम्मका लागि स्थगित

काठमाडौं, पुस ४ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ।

पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका, केन्द्रीय विभाग गठन, भ्....

कांग्रेस केन्द्रीय समिति बैठक पुस १० सम्मका लागि स्थगित
फाइल

काठमाडौं, पुस ४ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ।

पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका, केन्द्रीय विभाग गठन, भ्रातृ संस्था, अन्य साङ्गठनिक विषयमा आन्तरिक सहमति गरी अर्को बैठक पुस १० गते बस्ने प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच सहमतिका लागि प्रयास जारी रहेकाले आजको बैठक स्थगन गरिएको जनाएको छ। पछिल्लो समय पार्टीको १४औँ महाधिवेशनको मिति तोक्ने बहसले केन्द्रीय समिति बैठक प्रभावित हुँदै आएको छ।

मंसिर २६ गतेको केन्द्रीय समिति बैठकमा विधानमा उल्लिखित २८ विभागलाई बढाएर ४१ पुर्‍याउने, उपनिर्वाचनको समीक्षा, भ्रातृ एवं शुभेच्छुक संस्थाका विधानको सैद्धान्तिक एकरुपता समितिको प्रतिवेदन, नेपाल तरुण दलद्वारा आफ्नो केन्द्रीय समितिको समयावधि ६ महिना थप गरेको निर्णयलाई अनुमोदनलगायत प्रस्ताव प्रस्तुत गरिएको थियो।

प्रकाशित मिति: १३:३४ बजे, शुक्रबार, पुस ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्