वडा अध्यक्षमा पराजीत भएका गुरुङ बने प्रदेश सभा सदस्य

काठमाडौं, मंसिर ६ : गत स्थानीय तहमा वडा अध्यक्षमा पराजीत भएका नम्डु गुरुङ प्रदेश सभा सदस्यमा बिजयी भएका छन् ।
मुस्ताङ प्रदेश सभा (क) बाट नेपाली कांग्रेसका उम्मेदवार रहेका गुरुङले नेकपा एमालेका इन्द्र धारा डादु विष्टलाई पराजीत गरेका हुन् । गुरुङले १ हजार ४८ मत पाउँदा बिष्टले ७९३ मत पाए ।
यसअघि बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा गुरुङ लोमान्थाङ गाउँपालिका वडा नं ४ बाट वडा अध्यक्ष पदमा पराजीत भएका थिए । अध्यक्षमा गुरुङले ९९ मत पाउँदा छिरिङ धिण्डु गुरुङले १२६ मतका साथ बिजयी भएका थिए ।
यसअघि २०७४ सालको प्रदेश सभा निर्वाचन बिजयी भएका एमालेका बिष्ट यसपटक भने पराजीत बनेका हुन् ।
प्रकाशित मिति: ०७:२७ बजे, मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











