Kathmandu Press

रसुवामा कांग्रेसका आचार्य अगाडि

बिहान ५ बजेसम्मको मतपरिणाम अनुसार कूल पाँच हजार सात सय २२ मत गणना हुदाँ कांग्रेसका मोहन आचार्यले तीन हजार तीन सय ५० मत प्राप्त गरेका हुन् ।
रसुवामा कांग्रेसका आचार्य अगाडि

काठमाडौं, मंसिर ६ : रसुवाको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस अगाडि रहेको छ ।

बिहान ५ बजेसम्मको मतपरिणाम अनुसार कूल पाँच हजार सात सय २२ मत गणना हुदाँ कांग्रेसका मोहन आचार्यले तीन हजार तीन सय ५० मत प्राप्त गरेका हुन् ।

Hardik ivf

उनका प्रतिस्पर्धी नेकपा (एमाले) का छोवाङ तामाङले दुई हजार एक सय ४० मत ल्याउनुभएको छ । गणना भएकामध्ये एक सय ५१ मत बदर भएका छन् ।

यस्तै प्रदेशसभा ‘क’ मा दुई हजार ५७ मतगणना भएकामा कांग्रेसका प्रभात लामाले एक हजार ३३ मतप्राप्त गरेका छन् भने एमालेका कूलप्रसाद भट्टले नौ सय ४३ मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यतर्फ आइतबार भएको मतदानको गणना सोमबारबाट रातिबाट मात्रै सुरु गरिएको थियो ।

जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ तीन स्वतन्त्रसहित १० उम्मेदवार प्रतिस्पर्धामा छन् । त्यहाँ ७३ प्रतिशत मत खसेको थियो ।

प्रकाशित मिति: ०६:२० बजे, मंगलबार, मंसिर ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्