ललितपुरमा कांग्रेसका उदयको अग्रता
उदयशमशेर राणाले ८ हजार ५९७ मत प्राप्त गर्दा एमालेका नवराज सिलवालले ८ हजार ४३१ मत प्राप्त गरेका छन् । उनीहरुबीच १६६ मतको फरक रहेको छ ।
काठमाडौं, मंसिर ६ : ललितपुर निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा तर्फ कांग्रेसले अग्रता लिएको छ ।
उदयशमशेर राणाले ८ हजार ५९७ मत प्राप्त गर्दा एमालेका नवराज सिलवालले ८ हजार ४३१ मत प्राप्त गरेका छन् । उनीहरुबीच १६६ मतको फरक रहेको छ ।
त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका डा सचिन घिमिरेले १ हजार ६१ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका सञ्जिव आचार्यले ७०६ मत पाएका छन् ।
प्रकाशित मिति: ०६:१५ बजे, मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











