कर्णाली प्रतिष्ठानको रजिस्ट्रारका लागि तीन चिकित्सक सिफारिश
काठमाडौं, पुस ४ : कर्णाली स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठानको रिक्त रजिस्ट्रार पदमा तीन जना चिकित्सकलाई सिफारिश गरिएको छ।
प्रतिष्ठानका कुल....

काठमाडौं, पुस ४ : कर्णाली स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठानको रिक्त रजिस्ट्रार पदमा तीन जना चिकित्सकलाई सिफारिश गरिएको छ।
प्रतिष्ठानका कुलपति प्रा.डा.राजेन्द्रराज बाग्लेले प्रतिष्ठानमा कार्यरत प्रा.डा. निरेश थापा, डा.भरतमणि पोखरेल र डा. बद्रीप्रसाद बडूलाई सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालसमक्ष बिहीबार सिफारिश गरेका हुन्।
जनरल प्राक्टिसमा एमडी र स्त्रीरोगको क्यान्सर विषयमा विद्यावारिधि गरेका प्रा.डा.थापा ६ वर्षदेखि प्रतिष्ठानका कार्यरत छन्। प्रतिष्ठानको ऐनअनुसार, सहकुलपतिले तीन जनामध्येबाट नयाँ रजिस्ट्रार नियुक्त गर्नेछन्। रजिस्ट्रारको कार्यकाल चार वर्षको हुनेछ।
प्रकाशित मिति: १२:४५ बजे, शुक्रबार, पुस ४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











