जाजरकोटमा माओवादीका शक्ति बस्नेतको अग्रता

जाजरकोट, मंसिर ६ : मतगणना जारी रहेको जाजरकोटमा वाम(लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतले ६१२ मत प्राप्त गर्दै सुरुआती अग्रता बनाएका छन्।
राति ११ः५५ बजेको परिणामअनुसार उनका प्रतिस्पर्धी नेकपा एमालेका निरज आचार्यले २६५ मत प्राप्त गरेका छन्।
त्यसैगरी प्रदेशसभा १ मा नेपाली कांग्रेसका बेदराज सिंहले ७५६ प्राप्त गर्नुभएको छ भने प्रतिस्पर्धी नेकपा (एमाले)का डम्बरबहादुर सिंहले ४४१ मत प्राप्त गरेका छन् । साथै, प्रदेशसभा २ मा कांग्रेसका राजिवविक्रम शाहले ७२८ मत र प्रतिस्पर्धी एमालेका खिमबहादुर शाहीले ३५९ मत प्राप्त गरेका छन्।
प्रकाशित मिति: ०१:३० बजे, मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











