काठमाडौ- ५ मा ईश्वर पोखरेलसंग मतान्तर बढाउँदै कांग्रेसका पौडेल

काठमाडौं, मंसिर ६ : काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा सत्ता गठबन्धनका उम्मेदवारले मतान्तर बढाउँदै लगेका छन्।
हालसम्म गनिएको ७ हजार २३२ मतमध्ये गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले अग्रता कायम राखेका छन् । उनले एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई करिब १ हजार मतान्तरले पछि पारेका छन् ।
पौडेलले २ हजार २१७ मत ल्याउँदा पोखरेलले १ हजार ३५३ मत पाएका छन् ।
प्रकाशित मिति: ०१:१६ बजे, मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











