तनहुँका दुई स्थानमै काङ्ग्रेसको अग्रता

तनहुँ, मंसिर ६ : तनहुँका प्रतिनिधिसभाका दुई वटै क्षेत्रमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
हाल जारी मतगणनामा प्रतिनिधिसभा अन्तर्गत तनहुँ १ मा नेपाली कांग्रेसका रामचन्द्र पौडेलले ९४४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा (एमाले)का एकबहादुर रानाले ६०३ मत प्राप्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले २६१, राप्रपाका विनोद घर्तीले २२६ र स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले १४८ मत प्राप्त गरेका छन्।
तनहुँ १ प्रदेश १ तर्फ वाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका अशोककुमार श्रेष्ठले ५९९, नेकपा ९एमाले०का रामबहादुर गुरुङले ३७५ मत प्राप्त गरेका छन्।
तनहुँ १ प्रदेश २ तर्फ वाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी) केन्द्रका हरिबहादुर चुमानले एक हजार १०४ र नेकपा ९एमाले० का पूर्ण गुरुङले ४७० मत प्राप्त गरेका छन्।
तनहुँ क्षेत्र नम्बर २ अन्तर्गत प्रतिनिधिसभामा वाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका शङ्कर भण्डारीले अग्रता लिएका छ्न। भण्डारीले छ हजार एक सय २१ मत प्राप्त गर्दा प्रतिस्पर्धी नेकपा ९एमाले०का किरण गुरुङले चार हजार दुई सय ३५ मत प्राप्त गरेका छन्।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले नौ सय १८, हाम्रो नेपाली पार्टीका विष्णु पराजुलीले एक सय ८५ र राप्रपाका नरेन्द्रप्रताप महतले २०६ मत प्राप्त गरेका छन्।
प्रदेशसभा १ तर्फ नेकपा (माओवादी) केन्द्रका राजेन्द्रकेशरी न्यौपानेले दुई हजार ८२ मत प्राप्त गर्दा नेकपा ९एमाले०का श्यामराजा महतले एक हजार सात सय ४४ मत प्राप्त गरेका छन्।
प्रदेशसभा २ तर्फ नेकपा (एमाले)का केदार सिग्देलले सात सय ७६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका जीतप्रकाश आलेले ६४७ मत प्राप्त गरेका छन्।











