Kathmandu Press

मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी

गुरुङ एमालेका पोल्देन छोपाङ गुरुङलाई हराउँदै निर्वाचित भएका हुन् । कांग्रेसका गुरुङले २ हजार ५ सय ७५ मत ल्याए भने एमालेका गुरुङले २ हजार २ सय ४७ मत प्राप्त गरे।
मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी

काठमाडाैं, मंसिर ५ : मनाङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता टेकबहादुर गुरुङ निर्वाचित भएका छन् ।

गुरुङ एमालेका पोल्देन छोपाङ गुरुङलाई हराउँदै निर्वाचित भएका हुन् । कांग्रेसका गुरुङले २ हजार ५ सय ७५ मत ल्याए भने एमालेका गुरुङले २ हजार २ सय ४७ मत प्राप्त गरे।

Hardik ivf

यसअघि प्रदेश सभा ‘क’ मा नेपाली कांग्रेसका मुनिन्द्रजङ गुरुङ निर्वाचित भइसकेका छन् । यस्तै, प्रदेश सभा ‘ख’ मा स्ततन्त्र उम्मेदवार राजिव गुरुङ निर्विरोध भएका थिए ।

संसद् निर्वाचित भएपनि टेकबहादुर गुरुङले तत्काल संसद् प्रवेश गर्न भने पाउने छैनन्। उनी भ्रष्टाचार मुद्दाका आरोपित भएकाले अदालतबाट सफाई नपाइ संसद् प्रवेश गर्न पाउँदैनन्।

कानुन अनुसार अदालतबाट मुद्दाको किनारा नलागेसम्म प्रतिनिधिसभाको सदस्यको रुपमा निर्वाचित भएको प्रमाणपत्र बुझे पनि गुरुङ स्वतस् पदबाट निलम्बित हुनेछन् ।

उनीमाथि शक्तिमा हुँदा त्यसको दुरुपयोग गरी काठमाडौंको फनपार्कको जग्गा भाडामा लगाएको विषयमा भ्रष्टाचार गरेको आरोप छ । उनीविरुद्व ०७५ माघमा विशेष अदालतमा मुद्दा दर्ता भएको थियो ।

प्रकाशित मिति: २३:३४ बजे, सोमबार, मंसिर ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्