Kathmandu Press

काभ्रे–२ मा कांग्रेसको अग्रता, गोकुल बाँस्कोटा पछि परे

८८३ मत गणना हुँदा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईँले ५१४ मतसहित अग्रता लिएका छन् भने एमालेका उम्मेदवार गोकुल प्रसाद बाँस्कोटाले ३२३ मत पाएका छन् ।
काभ्रे–२ मा कांग्रेसको अग्रता, गोकुल बाँस्कोटा पछि परे

काठमाडौं, मंंसिर ६ : काभ्रे–२ मा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । 

सोमबार रातिसम्म ८८३ मत गणना हुँदा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईँले ५१४ मतसहित अग्रता लिएका हुन् । 

यहाँ नेकपा एमालेका उम्मेदवार गोकुल प्रसाद बाँस्कोटाले ३२३ मत पाएका छन् । 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईँले ३० मत पाएका छन् । 

प्रकाशित मिति: ००:४६ बजे, मंगलबार, मंसिर ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्