Kathmandu Press

झापा–४ मा स्वतन्त्र पार्टीका ढकालको अग्रता

ढकालले १ हजार ३४८ मत पाएका छन् । नेकपा एमालेका एलपी साँवा लिम्बूले १ हजार ११८ मतसहित उनलाई पछ्याइरहेका छन् ।
झापा–४ मा स्वतन्त्र पार्टीका ढकालको अग्रता

काठमाडौं, मंसिर ४ : झापा क्षेत्र नं. ४ को पछिल्लो गणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकाल (सुस्केरा)ले अग्रता बनाएका छन् ।

ढकालले १ हजार ३४८ मत पाएका छन् । नेकपा एमालेका एलपी साँवा लिम्बूले १ हजार ११८ मतसहित उनलाई पछ्याइरहेका छन् ।

सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार देउकुमार थेवेले ६३२ र स्वतन्त्र उम्मेदवार खुश्बु ओलीले १४ मत पाएका छन् ।

चुनावको मुखैमा स्थापना भएको स्वतन्त्र पार्टीले यसपटक उल्लेख्य क्षेत्रमा स्थापित दलहरुलाई चुनौती दिएको छ।

प्रकाशित मिति: २१:५१ बजे, सोमबार, मंसिर ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्