प्रारम्भिक मतपरिणाम कांग्रेसको अग्रता कायमै
देशभर १०५ स्थानको मतगणना चलिरहँदा कांग्रेसले ३६ स्थानमा अग्रता बनाएको छ । उसलाई एमालेले पछ्याइरहेको छ।
काठमाडौं, मंसिर ५ : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ।
देशभर १०५ स्थानको मतगणना चलिरहँदा कांग्रेसले ३६ स्थानमा अग्रता बनाएको छ । उसलाई एमालेले पछ्याइरहेको छ। एमालेले २६ स्थानमा अग्रता बनाएको छ।
यस्तै, आचर्श्यजनक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ । उसले ८ स्थानमा अग्रता कायम गरेको छ।
त्यसैगरी चौथो स्थानमा नेकपा माओवादी आएको छ। उसले पनि ८ स्थानमा अग्रता बनाएको छ। एकीकृत समाजवादीले पनि ८ स्थानमा अग्रता बनाउँदा राप्रपाले ५ स्थानमा अग्रता बनाएको छ।
यस्तै, जसपाले ३, नागरिक उमुक्ति पार्टीले २, जनमत पार्टी, लोसपा र हाम्रो नेपाली पार्टीले समान १ स्थानमा अग्रता बनाएका छन्। अन्य ६ स्थानमा स्वतन्त्रसहित अन्यले अग्रता बाएका छन्।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी अग्रता तीनतीन स्थानमा छ।
त्यस्तै हाल जेलमा रहेका रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले दुई र सिके राउत नेतृत्वको जनमत पार्टीले एक स्थानमा अग्रता लिइरहेका छन्।
लोकतान्त्रिक समाजवादी पार्टी ९लोसापा० एक, लौरो चुनाव चिह्न भएको हाम्रो नेपाली पार्टी एक स्थानमा अगाडि छन्।
जनता समाजवादी पार्टी ९जसपा० ले भने कतै पनि अग्रता लिन सकेको छैन।











