समानुपातिकमा पनि कांग्रेस अगाडि, माओवादीभन्दा स्वतन्त्र पार्टी अगाडि
समानुतिकतर्फ २१ हजार मत गणना गर्दा कांग्रेसले ३० प्रतिशत अर्थात नेपाली कांग्रेस ६,२४९ मत प्राप्त गरेको छ।
काठमाडौं, मंसिर ५ : निर्वाचन आयोजक समातुपातिक तर्फको प्रारम्भिक मत परिणाम सार्वजनिक गरेको छ। सोमबार बेलुका सार्वजनिक मत परिणाम अनुसार प्रत्यक्षमा जस्तै समानुपातिकमा पनि कांग्रसले अग्रता कायम गरेको छ।
समानुतिकतर्फ २१ हजार मत गणना गर्दा कांग्रेसले ३० प्रतिशत अर्थात नेपाली कांग्रेस ६,२४९ मत प्राप्त गरेको छ। कांग्रेसलाई एमालेले पछ्याइरहेको छ। उसले २५ प्रतिशत अर्थात ५,१८४ मत प्राप्त गरेको छ।
यता, राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादीको भन्दा बढी मत प्राप्त गरेको छ। तेस्रो स्थानमा रहेको स्वतन्त्र पार्टीले ३,६४९ मत ल्याउँदा चौथो स्थानमा रहेको माओवादीले २,०२१ मत प्राप्त गरेको छ।
यस्तै, राप्रपाले १,४८१, नेमकिपाले ५८३, जनमत पार्टीले ५५९, जसपाले ५१४, नेकपा एसले १९४ र हाम्रो नेपाली पार्टीले १६९ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति: २१:३६ बजे, सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











