पश्चिमी वायु नेपाल भित्रियो, वर्षा र हिमपात हुने
काठमाडौं, पुस ४ : पश्चिमी वायु फेरि नेपाल प्रवेश गरेको छ। यसको प्रवेशसँग आज राति वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
ज....
काठमाडौं, पुस ४ : पश्चिमी वायु फेरि नेपाल प्रवेश गरेको छ। यसको प्रवेशसँग आज राति वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार, पश्चिमी वायु पश्चिमी भूभागबाट नेपाल प्रवेश गरेको छ। यसले पश्चिमी भूभागलगायत पहाडी क्षेत्रमा वर्षा र हिमपात हुनेछ।
त्यस्तै, मध्य तथा पूर्व तराईका अधिकांश स्थानमा पनि हुस्सु र कुहिरो लाग्नेछ। जसले गर्दा चिसो बढ्न सक्ने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार, आज राति देशभर आंशिकदेखि सामान्य बदली हुनेछ। पश्चिमी पहाड र हिमाली क्षेत्रमा हिमपात हुने छ भने पश्चिमी पहाडमा वर्षा हुनेछ।
त्यस्तै, शनिबार पनि मौसम बदली रहने जनाएको छ। पश्चिमी पहाडी भूभागमा हिमपात हुने जनाएको छ। यससँगै राति मध्य र पूर्वी पहाडी भूभागमा पनि वर्षाको सम्भावना रहेको छ।
आइतबार पनि मौसममा खासै फेरबदल नआउने जनाएको छ। दिउसो पूर्वि पहाडी भूभागमा बदली हुने जनाएको छ। त्यस्तै, राति पनि वर्षाको सम्भावना रहेको जनाएको छ।






