काठमाडौंका ४ क्षेत्रमा कांग्रेसको अग्रता, पछ्याउँदै स्वतन्त्र पार्टी
कांग्रेसले काठमाडौं ३, ४ र ५ तथा १०मा अग्रता बनाउँदा २, ६ र ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम गर्दा काठमाडौंमा १ मा राप्रपाले अग्रता बनाउँदा ८ मा हाम्रो नेपाली पार्टी र ९ मा एमालेले अग्रता बनाएको छ ।काठमाडौं, मंसिर ४ : काठमाडौंका १० निर्वाचन क्षेत्र मध्ये ४ क्षेत्रमा सत्तारुपढ दल नेपाली कांग्रेसले अग्रता बनाएको छ।
कांग्रेसले काठमाडौं ३, ४ र ५ तथा १०मा अग्रता बनाउँदा २, ६ र ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ। यस्तै, काठमाडौंमा १ मा राप्रपाले अग्रता बनाउँदा ८ मा हाम्रो नेपाली पार्टी र ९ मा एमालेले अग्रता बनाएको छ ।
काठमाडौंमा ३ मा कांग्रेसका सन्तोष चालिसेले २४७६ मतसहित अग्रता बनाउँदा दोस्रो स्थानमा रहेका एमालेका कृष्णकुमार राईले २२३५ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाविक्रम थापा क्षेत्रीले ११२५ मतसहित उनीहरुलाई पछ्याइरहेका छन्।
काठमाडौं ४ मा गगन थापाले एमालेका राजन भट्टराईमाथि १ हजार बढी मतको अग्रता बनाएका छन् । गगनले ६९७५ मत ल्याउँदा राजनले ५४२५ मत ल्याएका छन्। यस्तै, काठमाडौं ५ मा कांग्रसका युवा नेता प्रदीप भट्टराईले १ सय मतको अग्रता लिएका छन्। प्रदीपले ५७६ मत ल्याउँदा एमालेका ईश्वर पोखरेलले ४५८ मत ल्याएका छन्।
यस्तै, काठमाडौं १०मा कांग्रेसका राजन केसीले १०८० मतसहित अग्रता बनाउँदा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले ६८५ मतसहित पछ्याइरहेका छन्। एमालेका हिमेश केसीले ६७२ र माओवादीकी अन्जना विशंखेले ४८५ मत ल्याएकी छिन्।
यस्तै, काठमडौं २मा राष्ट्रिय स्वतन्त्र पार्टीकी शोविना गौतमले ७४४ मत ल्याउँदा माओवादीकी ओनसरी घर्तीले ४७८ र एमालेका मणिराम फुयाँलले ४६४ मत ल्याएका छन् । काठमाडौं ६मा स्वतन्त्र पार्टीकै शिशिर खनालले ७१६ मतसहित अग्रता बनाउँदा एमालेका सर्वोन्द्र खनालले ४७२ र कांग्रेसका भीमसेनदास प्रधानले ४७२ मत ल्याएका छन्।
काठमाडौं ७ मा पनि स्वतन्त्र पार्टीले नै अग्रता लिएको छ । यहाँ गणेश पराजुलीले ६१५ मत ल्याउँदा एमालेका श्यामकुमार घिमिरेले ५०९ र माओवादीकी मानुषी यमीले १७७ मत ल्याएकी छिन्।
काठमाडौंमा १ मा राप्रपाका रविन्द्र मिश्रले ३०५७ मत ल्याउँदा कांग्रेसका प्रकाशमान सिंहले २८७३ तथा एमालेका किरण पौडेलले १७३० मत ल्याएका छन्। काठमाडौं ८मा हाम्रो नेपाली पार्टीका सुमन सायमीले १८५२ मत ल्याउँदा स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले १६१३, एमालेका शिवसुन्दर राजवैद्यले ८५७ र समाजवादीका जीवनराम श्रेष्ठले ६७०मत ल्याएका छन्।
काठमाडौं ९मा एमालेका कृष्णगोपाल श्रेष्ठले ३४०४ मत ल्याउँदै अग्रता बनाउँदा स्वतन्त्र पार्टीका टेकबहादुर बस्नेतले ३१२०, माओवादीकी कल्पना धमलाले १७४१ मत ल्याएकी छिन्।