Kathmandu Press

रोल्पामा वर्षमान पुनको अग्रता 

रोल्पामा वर्षमान पुनको अग्रता 
Hardik ivf

काठमाडौं, मंसिर ५ : आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन अन्र्तगत जारी मतगणनामा रोल्पाको प्रतिनिधिसभातर्फ वाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार वर्षमान पुनले अग्रता लिएका छन् । अहिलेसम्म एक हजार १६ मतगणना हुँदा पुनले ६ सय ९० मत प्राप्त गरेका छन् । 

त्यस्तै, नेकपा एमालेका उम्मेदवार पूर्ण बुढामगरले दुई सय आठ मत प्राप्त गरेका छन्। प्रदेशसभा (२) मा स्वतन्त्र उम्मेदवार दीपेन्द्रकुमार पुन सिजलले अग्रता लिएका छन् । तीन  सय एक मत गणना हुँदा स्वतन्त्र उम्मेदवार सिजलले एक सय ४४ मत ल्याएका छन्। गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका अमरसिंह पुनले ७९ र नेकपा एमालेका प्रेमबहादुर घर्तीमगरले ६८ मत पाएका छन् । 

त्यस्तै प्रदेश १ मा ६०५ गन्दा गठबन्धनका उम्मेदवार नेकपा माओवादीका जोगबहादुर महराले ३७० र एमालेका कमलबहादुर बुढाथोकीले १०६ मत पाएका छन् । 

प्रकाशित मिति: १८:५५ बजे, सोमबार, मंसिर ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्