डडेलधुरामा ५०० मत गन्दा देउवा अगाडि, सागर ढकाल तेस्रो
देउवाले २३९ मत ल्याउँदा कर्ण मल्लले १४१ मत र सागर ढकालले ९७ मत ल्याएका छन् ।
काठमाडौं, मंसिर ५ : डडेलधुरामा मतगणना जारी छ ।
साँझसम्म प्रतिनिधि सभा तर्फको ५०० मत गणना हुँदा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अग्रता लिएका छन् ।
उनले २३९ मत ल्याउँदा नेपाली कांग्रेस (बिपी) का कर्णबहादुर मल्लले १४१ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार सागर ढकाल भने तेस्रो स्थानमा छन् । उनले ९७ मत मात्रै ल्याएका छन् ।
प्रकाशित मिति: १७:३६ बजे, सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











