Kathmandu Press

मतपत्रको विषयमा विवाद भएपछि सुनसरी–२ को मतगणना अनिश्चित

मतपत्रको विषयमा विवाद भएपछि सुनसरी–२ को मतगणना अनिश्चित

काठमाडौं, मंसिर ५ : सुनसरी–२ को मतगणना अनिश्चित बनेको छ । 

मतपत्रका विषयमा विवाद भएपछि सोमबारदेखि गरिने भनिएको मतगणना सुचारु हुन नसकेको हो । आइतबार सो निर्वाचन क्षेत्रका दुई मतदानस्थलमा कर्मचारीको लापरवाहीले प्रदेश र प्रतिनिधि सभा सदस्यका लागि एउटै मतपत्र प्रयोग भएको तथा प्रत्यक्ष र समानुपातिकका लागि पनि एउटै मतपत्र प्रयोग भएको भन्दै दलहरुले पुनः मतदानको माग गरेका हुन् । 

इटहरी–२ स्थित महेन्द्र मावि मतदान केन्द्रमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि एउटै मत पत्रबाट मतदान भएको दलहरुको आरोप छ । त्यस्तै रामधुनी नगरपालिका–१ स्थित भासी उच्च मावि मतदान केन्द्रमा पनि प्रत्यक्ष र समानुपातिक तर्फ एउटै मतपत्र प्रयोग भएको पाइएपछि मतगणना हुन नसकेको हो । 

विवाद भएपछि निर्वाचन अधिकृत एकराज अधिकारीले यसबारेमा निर्वाचन आयोगलाई जानकारी गराएका छन् । आयोगको निर्णय र निर्देशन पछि के गर्ने भन्ने विषयमा टुंगो लाग्ने निर्वाचन अधिकृत अधिकारीले जानकारी दिए । 
 

प्रकाशित मिति: १६:०९ बजे, सोमबार, मंसिर ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्