धादिङ–१ : २०० मत गणना गर्दा त्रिपाठी र पाण्डेबीच कडा टक्कर

काठमाडौं, मंसिर ५ : धादिङको प्रतिनिधि सभा निर्वाचन क्षेत्रनम्बर १ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।
सोमबार दिउँसो २०० मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार भूमि त्रिपाठी र गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्र पाण्डबीच कडा टक्कर देखिएको छ । त्रिपाठीले ९१ मत ल्याउँदा पाण्डेले ९० मत पाएका छन् ।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हिमेश पन्तले १५ मत ल्याएका छन् ।
प्रकाशित मिति: १५:०२ बजे, सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











