Kathmandu Press

स‌ंसदको हिउँदे अधिवेशन आजदेखि सुरु 

काठमाडौं । विधेयक अधिवेशनका रुपमा लिइने संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबार (आज) देखि सुरु हुँदैछ।

संसद सञ्चालनका लागि संसद् सचिवालयले तयारी पूरा गरेको छ। ....

स‌ंसदको हिउँदे अधिवेशन आजदेखि सुरु 

काठमाडौं । विधेयक अधिवेशनका रुपमा लिइने संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबार (आज) देखि सुरु हुँदैछ।

संसद सञ्चालनका लागि संसद् सचिवालयले तयारी पूरा गरेको छ। सभामुखको रिक्तताका कारण अधिवेशन उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेको अध्यक्षतामा प्रारम्भ हुने संसद सचिवालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)  को पाँचौँ अधिवेशन यही पुस ४ गते शुक्रबार अपरान्ह ४ बजे प्रारम्भ हुनेगरी गत मङ्सिर २५ गते आह्वान गरेकी थिइन्। पहिलो बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र सभाध्यक्षले पढेर सुनाइनेछ ।

यसबीचमा गरिएका मन्त्रिपरिषद् पुनःगठनलगायत सरकारका महत्वपूर्ण कामबारेमा संसद्लाई जानकारी दिइनेछ भने सत्ता र प्रतिपक्षी दलका सांसद्ले सार्वजनिक महत्व र जनजीवनका सवालमा ध्यानाकर्षण गराउने छन् ।

संघीय संसद्को चौथो अधिवेशन २०७६ वैशाख १६ गते प्रारम्भ भई २०७६ असोज २ गते सम्पन्न भएको थियो । सो अधिवेशनले सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गरेको थियो ।

प्रकाशित मिति: ०८:३९ बजे, शुक्रबार, पुस ४, २०७६