Kathmandu Press

 काठमाडौं ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठकाे अग्रता

२ हजार २८६ मत गनिसक्दा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर बस्नेतले कडा चुनौती दिएका छन्।श्रेष्ठले ५६४ मत ल्याउँदा बस्नेतले ५६१ मत ल्याएका छन्। 
 काठमाडौं ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठकाे अग्रता

काठमाडौं, मंसिर ५ : काठमाडौं ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठले अग्रता लिएका छन्। यसअघि पनि यही निर्वाचन क्षेत्रबाट निर्वाचित श्रेष्ठ निकटतम प्रतिस्पर्धीभन्दा ३ मतले मात्रै अघि छन्।

२ हजार २८६ मत गनिसक्दा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर बस्नेतले कडा चुनौती दिएका छन्।श्रेष्ठले ५६४ मत ल्याउँदा बस्नेतले ५६१ मत ल्याएका छन्। 

त्यहाँ नेकपा माओवादी केन्द्रकी कल्पना धमलाले ३४५ मत र नेमकिपाका सुमन महर्जनले २६० मत ल्याएका छन्। राप्रपाका देवेन्द्र प्रधानले २१५ र स्वतन्त्र उम्मेदवार मिलन पाण्डेले १२० मत ल्याएका छन्। 

प्रकाशित मिति: १३:३१ बजे, सोमबार, मंसिर ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्