Kathmandu Press

सप्तरी–२ मा सिके राउतको फराकिलो अग्रता, उपेन्द्र यादव तेस्रो स्थानमा

राउतले ६२९ मत ल्याउँदा उपेन्द्र यादवले ५९ मतमात्र पाएका छन्।
सप्तरी–२ मा सिके राउतको फराकिलो अग्रता, उपेन्द्र यादव तेस्रो स्थानमा

काठमाडौं, मंसिर ५ : सप्तरी २ मा जनमत पार्टीका उम्मेदवार सिके राउतले फराकिलो अग्रता लिएका छन् । 

प्रारम्भिक चरणदेखि नै अग्रता लिएका राउतले दिउँसोसम्म ६२९ मतसहित अग्रता लिएका छन् । उनको निकटतम प्रतिद्वन्दीका रुपमा गठबन्धनबाट लोकतान्त्रिक समाजवादी (लोसपा) का उम्मेदवार जयप्रकाश ठाकुरले १६९ मत पाएका छन् । 

यहाँ एमालेको समर्थनमा चुनाव लडेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अहिलेसम्मको परिणामअनुसार तेस्रो स्थानमा देखिएका छन् । उनले ५९ मत मात्र ल्याएका छन् । 
 

प्रकाशित मिति: १२:५९ बजे, सोमबार, मंसिर ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्