काठमाडौं–१ : प्रकाशमानले अग्रता लिए, रवीन्द्र मिश्र दोस्रो स्थानमा
पछिल्लो मत परिणामअनुसार सिंह ७५४ मतसहित अग्रस्थानमा छन् भने राप्रपाका उम्मेदवार रवीन्द्र मिश्र ६८० मतसहित दोस्रो स्थानमा छन् ।
काठमाडौं, मंसिर ५ : काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले अग्रता लिएका छन् ।
पछिल्लो मत परिणामअनुसार सिंह ७५४ मतसहित अग्रस्थानमा छन् भने राप्रपाका उम्मेदवार रवीन्द्र मिश्र ६८० मतसहित दोस्रो स्थानमा छन् ।
यहाँ नेकपा एमालेका किरण पौडेलले ४९६, नेपाल सुशासन पार्टीका रमेश खरेलले २२६ र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले १७५ मत पाएका छन् ।
प्रकाशित मिति: ११:३४ बजे, सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











