काठमाडौं–७ मा स्वतन्त्र पार्टीका पराजुलीको सुरुवाती अग्रता, मानुषी चौथो स्थानमा

काठमाडौं, मंसिर ५ : काठमाडौं क्षेत्रनम्बर ७ को मतगणनाको प्रारम्भिक चरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले अग्रता लिएका छन् । उनले १७७ मतसहित शुरुवाती अग्रता लिएका छन् ।
दोस्रो स्थानमा स्वतन्त्र उम्मेदवार यादवलाल कायस्थले १०८ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार श्यामकुमार घिमिरे तेस्रो र सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी मानुषी यमि भट्टराई (अस्मिता सिंह) चौथो स्थानमा छन् ।
एमालेका घिमिरेले ९३ मत पाउँदा माओवादी केन्द्रकी भट्टराईले ७५ मत पाएकी छन् ।हाम्रो नेपाली पार्टीका प्रबन्ध पोखरेलले ५२ र राप्रपाका ध्रुवविक्रम मल्लले ५० मत पाएका छन् ।
प्रकाशित मिति: १०:३३ बजे, सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











