Kathmandu Press

ललितपुरका तीनवटै क्षेत्रमा एमालेको शुरुवाती अग्रता

ललितपुर–३ मा गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसाल तेस्रो स्थानमा
ललितपुरका तीनवटै क्षेत्रमा एमालेको शुरुवाती अग्रता

काठमाडौं, मंसिर ५ : ललितपरका तीन वटै निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन्।

प्रारम्भिक नतिजाअनुसार ललितपुर–१ मा एमालेका नवराज सिलवालले ६६७ मत सहित अग्रता लिँदा गठबन्धनबाट कांग्रेसका उम्मेदवार उदयशमशेर जबराले ४०१ मत पाएका छन् । त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सचिनकुमार घिमिरेले ९३ मत ल्याएका छन् । 

क्षेत्र नम्बर २ मा एमालेका प्रेमबहादुर महर्जनले १ हजार ३१७ मतसहित प्रारम्भिक अग्रता लिएका छन् । महर्जनसँग हाम्रो नेपाल पार्टीका उम्मेदवार सुदिन शाक्यको प्रतिस्पर्धा देखिन्छ । शाक्यले १०९७ मत ल्याएका छन् । राप्रपाका बुद्धरत्न महर्जनले ७९० मत पाएका छन् । 

चासोका साथ हेरिएको ललितपुर–३ मा गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसाल प्रारम्भिक चरणमा अत्यन्त कमजोर देखिएकी छन् । त्यहाँ पनि एमालेका अमृत खड्काले शुरुवाती अग्रता लिएका छन् । उनले  ७५६ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तोसिमा कार्कीले २८६ मत पाएकी छन् । गठबन्धनकी भुसालले १०९ मत ल्याएकी छन् । 
 
 

प्रकाशित मिति: १०:१४ बजे, सोमबार, मंसिर ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्